
पौडी खेल्ने क्रममा डुवेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ बर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुवेर वेपत्ता भएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य तिव्र बनाएको थियो ।
साँझ करिव साढेँ सात बजे मृत अवस्थामा उनी फेला परेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
‘डुवेकै स्थान नजिकै उनको शव भेटियो,’ डिएसपी सुवेदीले भने, ‘घटनाबारे थप अनुसन्धान हुदै छ ।’
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए