//
logo

सोमबार, जेष्ठ २७ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २७ सोमबार

गोल्डेन माइक अफ द इअरको सम्मान दुर्गेश थापालाई

गोल्डेन माइक अफ द इअरको सम्मान दुर्गेश थापालाई


  • आइतबार, बैशाख २८ २०८२
  • 6.2K
    SHARES

    काठमाडौँ । सोमबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुन गहिरहेको तेस्रो राष्ट्रिय संगीत अवार्डको अवसरमा थप सम्मानित व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छ । उक्त अवार्डमा लोक, आधुनिक र अन्य विधा गरी जम्मा २० विधामा आएका आवेदनमध्येबाट उत्कृष्ट टप ५ सार्वजनिक भइसकेको छ ।

    सो अवार्डमा लामो समयदेखि (५० वर्षभन्दा बढी) नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा सक्रिय रहेर उत्कृष्ट योगदान पु¥याएका वरिष्ठ गीतकार राजेन्द्र थापालाई २५ हजार रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट सम्मान गर्न लागिएको कार्यक्रम संयोजक कृष्णा आचार्य (रोशनी)ले जानकारी दिइन् ।

    तेस्रो राष्ट्रिय संगीत अवार्डको अवसर पारेर विशेष कला पत्रकारितामा २५ वर्षभन्दा लामो समय आफ्नो कलमको माध्यमबाट योगदान गरेका वरिष्ठ पत्रकार विदुर गिरीलाई १५ हजार ५५५ रुपैयाँसहित सम्मान र ११ हजार १११ रुपैयाँको दशकको पत्रकारिता सम्मान म्युजिक खबर पाक्षिक–म्युजिक खबर डटकमकी सम्पादक सबिता पोखरेललाई दिइने छ ।

    विगतका वर्षदेखि सबैभन्दा धेरै दर्शक स्रोताले सुनेको गीत तथा गायक वा गायिकालाई गोल्डेन माइक अफ द इअरको सम्मान गायक तथा मोडल प्रस्तोता दुर्गेश थापाले पाउने छन् ।

    त्यसैगरी उत्कृष्ट शब्दलाई गोल्डेन पेन अफ द इअर वरिष्ठ गीतकार अम्बिका गुरुङ र उत्कृष्ट मेलोडीलाई दिइने गोल्डेन हृदम अफ द इयर सम्मान गायक तथा संगीतकार खेम सेन्चुरीलाई दिइने भएको छ ।

    त्यसैगरी परदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता देखाउने गायक, गायिका सर्जकमध्य १ जनालाई दिइने डायस्पोरा संगीत सम्मान यो वर्ष गायिका निता आचार्यलाई र गीतकार तथा सामाजिक सम्मान गीतकार तथा समाजसेवी कादम्बरी दाना श्रेष्ठलाई गरिने भएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech