
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ। गत भदौमा बिहे गरेका उनीहरूको ८ महिनामै डिभोर्स भएको हो । केही समय अगाडि अरुणिमाले सम्बन्ध विच्छेदको मुद्दा दायर भएको बताएकी थिइन् । गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको उनको भनाइ थियो ।
युवराजले भने सामाजिक सञ्जालमार्फत वैशाख २८ गते सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर बताएका छन् । उनले टिकटक मार्फत भनेका छन्, ‘मैले वैशाख २८ गते दिनको ४ : १० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो छुट्टियो, सक्कियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए