logo

बुधबार, असार २५ २०८२

kantipurpationlinetv

२०८२ असार २५ बुधबार

प्रिती आले र प्रकाश सपुतको सहकार्य: सामाजिक यथार्थको चित्रण

प्रिती आले र प्रकाश सपुतको सहकार्य: सामाजिक यथार्थको चित्रण


  • शनिबार, जेष्ठ ४ २०८२
  • 20.9K
    SHARES

    गायिका प्रिती आलेको आफ्नै लय, शब्द, मोडलिङ र निर्देशनमा तयार भएको दमदार म्युजिक भिडियो ‘भो चाहिदैन’ हालै सार्वजनिक भएको छ। LOD क्लबमा छायांकन गरिएको यो भिडियो, शैली र प्रस्तुतीका हिसाबले विशेष र फरक देखिएको छ।

    भिडियोमा गायिका प्रिती आले स्वयं र लोकप्रिय कलाकार प्रकाश सपुतको प्रेम सम्बन्धलाई चित्रण गरिएको छ। प्रेमिकाले प्रेमीलाई खुब माया गर्छिन, उनीले चाहेका कुरा पुरा गर्न खोज्छिन्, तर प्रेमी भने लागुपदार्थको कुलतमा फसेका हुन्छन्। निरन्तर प्रयासका बाबजुद प्रेमीमा सुधार नआएपछि प्रेमिकाले अन्ततः ‘भो जाली माया चाहिँदैन’ भन्दै सम्बन्ध तोड्ने निर्णय लिन्छिन्।

    भिडियोको अन्त्यमा लागुपदार्थको लतले आफन्त गुमाउनुको पीडा र पछुतोको गहिरो सन्देश दिइएको छ। सामाजिक सन्देश बोकेको यो गीतले दर्शक-श्रोताको मन छुने विश्वास गरिएको छ।

    प्रेम, यथार्थ र सामाजिक चेतनाको मिश्रण बोकेको ‘भो चाहिदैन’ हालको म्युजिक भिडियोलाई फरक ढंगले प्रस्तुत गर्ने उल्लेखनीय प्रयास गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech