
लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीको नयां गित ‘मकैबारी दर्याम दर्याम’ सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जालमा चर्चित भएको छ । शुक्रबार सार्वजनिक भएको उक्त गीत टिकटक, फेसबुक लगायतका सामाजिक सञ्चाल जताजतै भाईरल भएको छ । गायिका सुष्मा शाही ठकुरी र विशाल सोनीको स्वरमा सजिएको उक्त गीतको शव्द विशाल सोनीको हो भने थेगो तथा लय सन्दिप सेन्चुरीको रहेको छ ।
कमेडि शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा एलिना रायमाझीसंगै विशाल सोनी अभिनय रहेको छ ।
गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यतिबेला गित युटुवदेखी टिकटकसम्म सर्वाधिक रुचाईएको छ । युटुबमा सार्वजनिक भएको आज चार दिनसम्म आईपुग्दा उक्त भिडिओलाई ६ लाख बढी पटक हेरिएको छ भने झन्डै ५० औं हजार भन्दा बढीले यस गित टिकटक बनाएका छन् । विशाल सोनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडिओ हेर्नुहोस् :