
काठमाडौं: चर्चित दोहोरी गायक सुर्य खड्काको नयाँ गित ‘बाटो भिरको’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुव ट्रेनिङ्गमा प्रवेश गरेको छ । गित सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सुर्य खड्का युटुवबाट सार्वजनिक गित यतिबेला युटुव ट्रेनिङ्गको अडियो क्याटागोरी अन्तगर्त १९ औ स्थानमा छ ।
जीवनका दुःख र पीडालाई गीतले सरल तर मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरेको छ। शब्दका खानी मानिने शिव अखेलीले गीत लेखेका हुन् भने, उनका धेरै गीतमा स्वर दिइसकेका गायक सुर्य खड्का र निशा केसीले यसमा स्वर दिएका छन्।
अडियोसँगै सार्वजनिक गरिएको भिडियो पनि उत्कृष्ट बनेको छ। दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई गायक सुर्य खड्का र स्मारिका ढकालले जीवन्त अभिनयमार्फत अझ प्रभावशाली बनाएका छन्। गितमा कलाकारहरुको जीवन्त अभिनयले दर्शकहरुलाई धरधरी रुवाएको छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी