logo

शुक्रबार, जेष्ठ १० २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १० शुक्रबार

वरिष्ठ समाजसेवी राजशान्ति दम्पत्ति लमजुङमा सम्मानित

वरिष्ठ समाजसेवी राजशान्ति दम्पत्ति लमजुङमा सम्मानित


  • मंगलबार, जेष्ठ ७ २०८२
  • 11.6K
    SHARES

    काठमाडौं: लमजुङको सुन्दरबजार नगरपालिका ९, फूलबारी घर भइ हाल बेलायतको राजधानी लन्डन बस्दै आएका राजशान्ति सुनार दम्पत्तिलाई गृहजिल्लामा सम्मान गरिएको छ ।

    हातेमालो मूल आमा समूह र लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइले शनिबार एक कार्यक्रबीच सम्मान गरेको हो ।
    सुन्दरबजार नगरपालिका ९, फेदीकुनामा आयोजना गरिएको एक कार्यक्रममा राजशान्ति फाउन्डेसनका संस्थापक अध्यक्ष राजु सुनार तथा शान्ति गुरुङ सुनार (राजशान्ति सुनार) लाई खादा, मायाको चिनोसहित सम्मानपत्रले सम्मान गरिएको हो ।


    राजशान्तिले  समाजमा गरेको सामाजिक, आर्थिक तथा परोपकारी कार्यको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हातेमालो मूल आमा समूह र लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइले जनाएको छ ।
    हातेमालो मूल आमा समूह अध्यक्ष मनु पन्त खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका उपमहासचिव मानकृष्ण आचार्य, महिला उद्यमी विकास समितिकी कोषाध्यक्ष सिर्जना बराल अधिकारी, हातेमालो आमा समूहकी संस्थापक अध्यक्ष सुकमाया गुरुङ, वर्तमान वरिष्ठ उपाध्यक्ष रविकला अधिकारी लगायतको उपस्थिति थियो ।


    कार्यक्रमको सञ्चालन हातेमालो मूल आमा समूहकी सचिव विष्णु श्रेष्ठले गरेकी थिइन् । कार्यक्रमको समापना लमजुङ उद्योग वाणिज्य संघका प्रकाश डौलियले गरेका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech