logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

लमजुङ तारा एकल लोक गायन प्रतियोगिता जेठ २४ गते हुने

लमजुङ तारा एकल लोक गायन प्रतियोगिता जेठ २४ गते हुने


  • मंगलबार, जेष्ठ १४ २०८२
  • 8.3K
    SHARES

    जेठ २४ गते शनिबार लमजुङ सदरमुकाम बेसीशहरमा लमजुङ तारा एकल लोक गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङको आयोजनामा बेंसीशहरमा लोकगीत प्रतियोगिता हुने भएको हो ।

    प्रतिष्ठान लमजुङको बुधबार बसेको कार्यसमिति बैठकले नवप्रतिभा पहिचानका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । विश्व संगीत दिवसको पूर्वसन्ध्यामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताउनुभयो । प्रतियोगिताको माध्यमबाट लमजुङको कुनाकुनामा लुकेर बसेका प्रतिभाहरुको पहिचान हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।

    लमजुङ जिल्ला लोक संस्कृतिमा धनी र प्रतिभावान, क्षमतावान कलाकर्मी जन्माउने जिल्ला भएको हुँदा दुरदराजमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

    दित्तिय हुनेलाई नगद रु १५ हजार, तृतीय हुनेलाई नगद रु १० हजार र सान्त्वना हुने दुई जनालाई नगद ५÷५ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतिष्ठान लमजुङका सचिव प्रशान्त तामाङले बताउनुभयो ।  प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकार एवंं वरिष्ठ लोक गायिका मायाँ गुरुङ, सल्लाहाकार रेशमलाल श्रेष्ठ, दित्तिय उपाध्यक्ष पुजा परियार शेर्पा, सचिव प्रशान्त तामाङ, सह–कोषाध्यक्ष लक्ष्मी तामाङसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech