//
logo

शनिबार, जेष्ठ २५ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २५ शनिबार

माग्नेबुढाले ‘बिर्खेनी’ नाम राख्देको भन्दै सञ्चिता शाहीले आपत्ति जनाईन्

माग्नेबुढाले ‘बिर्खेनी’ नाम राख्देको भन्दै सञ्चिता शाहीले आपत्ति जनाईन्


  • शुक्रबार, जेष्ठ १७ २०८२
  • 6K
    SHARES

    कलाकारहरूको बीचमा चल्ने मजाक र नामकरण कहिले-काहीँ त्यतिबेला विवादको विषय बन्छ जब त्यो मजाक एक पक्षलाई चोट पुर्‍याउने गरी लिइन्छ । यस्तै केही भएको छ मोडल तथा अभिनेत्री संचिता शाही र हास्यकलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ बीच । हालै एक अन्तरवार्तामा संचिताले आफूलाई ‘बिर्खेनी’ भनेर नाम दिइएको विषयमा गहिरो असन्तुष्टि व्यक्त गरेकी छिन् ।

    उनले भनिन्, “मेरो नजरमा यदि कोही नराम्रो मान्छे छन् भने त्यो माग्ने बुढा हुन् । उहाँ जस्तो लेजेन्ड कलाकारले मलाई ‘बिर्खेनी’ भनेर नाम राखिदिनुभयो । त्यसैले संसारमै मन नपर्ने नाम माग्ने बुढा हो ।” उनका अनुसार माग्ने बुढाले सामाजिक सञ्जालमा कुनै पूर्व अनुमति नलिई यस्तो नामकरण गरेका हुन्, जसले आफूलाई दुख दिएको छ ।

    उनले थप भनिन्, “उहाँ सिनियर कलाकार हो, उहाँबाट हामीले धेरै कुरा सिक्न सक्छौं । तर यदि मलाई छोरी जस्तै मानेको भए, यस्तो नाम दिनुअघि कम्तीमा एकपल्ट सोध्नु हुन्थ्यो होला ।” शाहीले थप स्पष्ट पार्दै “म बिर्खेनी होइन । कलाकारबीच भाई–बहिनीको नातामा यस्ता नामहरू राख्नु शोभनीय होइन । यस्तो व्यवहारले उहाँकै स्तर घटाउँछ ।” भनेकी छन् ।

    यसअघि आफूलाई ब्लड क्यान्सर लागेको भनेर झूटो प्रचार गर्दै पैसा संकलन गरेका कलाकार बिर्ख विश्वकर्मासँग शाहीको नाम जोडिएको थियो । शाहीले विर्खलाई भाइ मान्दै आएकी थिइन् । विर्खले आफू टुहुरो भएको र अस्पतालमा हेरविचार गर्ने कुरुवा समेत नभएको बताएपछि मानवताको नाताले सहयोग गरेको शाहीको भनाई थियो । विर्खको दावी झुट भएको थाहा पाएपछि उनलाई आत्मग्लानी भएको थियो । तर पनि त्यो बेला सञ्चिताको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

    सोही प्रसंगलाई जोड्दै माग्नेबुढाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बिर्खे विर्खेनी भन्दै पोस्ट गरेका थिए । संचिताको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा पक्ष विपक्षमा रहेर व्यापक प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले उनको आत्मसम्मानको पक्षमा उभिँदै समर्थन जनाएका छन् भने केहीले यसलाई माग्ने बुढाको हास्यशैली अनुरूपको सामान्य व्यंग्यको रूपमा लिएका छन् । तर, हालसम्म माग्ने बुढाले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यतिबेला माग्नेबुढा दशैँको फूलपातीमा रिलिज हुने फिल्म ‘माईतीघर’ को छायांकनमा व्यस्त छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech