//
logo

शुक्रबार, जेष्ठ २४ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २४ शुक्रबार

जुन १ देखि ‘महाभोज’ अस्ट्रेलियामा रिलिज हुने

जुन १ देखि ‘महाभोज’ अस्ट्रेलियामा रिलिज हुने


  • शुक्रबार, जेष्ठ १७ २०८२
  • 5.5K
    SHARES

    काठमाडौं । फिल्म ‘महाभोज’ १८ जेठ (१ जुन)देखि अस्ट्रेलियामा रिलिज हुने भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यहाँको पर्थबाट फिल्म प्रदर्शनमा आउने जनाएका हुन् । पर्थको ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमा हलबाट रिलिज सुरु हुनेछ । सुरुमा पर्थ र त्यसपछि अन्य राज्यका हलमा प्रदर्शनको तयारी रहेको जनाइएको छ ।

    फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

    वितरण कम्पनी रोटेपिङ इन्टरटेनमेन्टले दिनेश राउत निर्देशित सोसल ड्रामालाई प्रदर्शन गर्न लागेको हो । नेपालमा भने यो फिल्मको प्रदर्शन स्थगित भएको छ । निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् ।

    सहकारी संकटको कथावस्तुमा बनेको यो मल्टिस्टारर फिल्मको अस्ट्रेलिया प्रदर्शनमा नेपालबाट कलाकार सहभागी हुने अपेक्षा गरिएको छ । राउतको निर्देशनमा बनेको ’महाभोज’ले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले पेश गर्छ ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech