
काठमाडौँ । संगीतकार सङ्घको अध्यक्षमा अष्ट लामा चुनिएका छन् । शनिबार आयोजित सङ्घको १३ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन भएको छ ।
जसमा सङ्घको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । सङ्घको यसअघि अध्यक्षमा चेतन सापकोटा रहेका थिए । शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको सङ्घमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ समेत यसअघि अध्यक्ष रहिसकेका छन् ।
-
रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा
-
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
-
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
-
धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न
-
पर्वत कलाकार समाज नेपालको अध्यक्ष र महासचिवमा कृष्ण समिप सुबेदी र सुजन बराईली निर्बिरोध निर्वाचित