
काठमाडौं: विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।
निर्देशक राउतले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।’ उनले थप भने, ‘अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा ‘महाभोज’ हेर्न नबिर्सिनु होला ।’
केही दिनअघि यो चलचित्रको काठमाडौँमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ चलचित्र हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए । यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शो बाट प्राप्त भएको थियो ।
चलचित्र ‘महाभोज’ मा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ । यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
-
रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा
-
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
-
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
-
धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न
-
पर्वत कलाकार समाज नेपालको अध्यक्ष र महासचिवमा कृष्ण समिप सुबेदी र सुजन बराईली निर्बिरोध निर्वाचित