logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

शंकर बिसीको शब्दमा देविका केसीले ल्याइन् तिज गीत ‘साइँली छोरी’

शंकर बिसीको शब्दमा देविका केसीले ल्याइन् तिज गीत ‘साइँली छोरी’


  • शनिबार, असार १४ २०८२
  • 12.3K
    SHARES

    काठमाडौं । गायिका देविका केसीले शंकर बिसीको शब्दमा ‘साइँली छोरी’ बोलको तिज गीत ल्याएकी छन् । आउँदै गरेको हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर गायिका केसीले पछिल्लो यस ‘साइँली छोरी’ गीत र भिडियो कोशेली स्वरुप आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् ।

    उक्त गीतमा गायिका देविकालाई अर्का गायक रामकुमार नेपालीले आवाजमा साथ दिएका छन् । त्यसैगरी कैयौँ म्युजिक भिडियोमा नृत्य निर्देशन र अभिनय गर्दै आम दर्शकमाझ चिनिएका निर्देशक शंकर बिसीले उक्त गीतमा शब्द सिर्जना गरेका हुन् । त्यस्तै गायक रामकुमार नेपालीले नै गीतमा संगीत भर्नुका साथै एरेन्ज पनि आफैँले गरेका छन् ।

    साथै, उक्त गीतको भिडियोमा पनि निर्देशक शंकर बिसीकै निर्देशन र कोरिग्राफी रहेको छ भने दुर्गा पौडेलले छायांकन गरेका हुन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा निर्देशक शंकर बिसी र जुना विस्वकर्माले दमदार नृत्यका साथ अभिनय गरेका छन् ।

    यसअघि पनि दर्जनौँ तिज गीतहरू बजारमा ल्याइसकेकी गायिका देविका केसीले विगतका मौलिकता र आफ्नो निरन्तरतालाई प्राथमिकता दिँदै अहिलेको यस ‘साइँली छोरी’ गीत बजारमा ल्याएको बताइन् ।

    उनका धेरै वर्ष अगाडिदेखिका गीतहरू मौलिकतामै केन्द्रीत रहँदै आएको गायिका केसी निटक कलाकारहरू बताउँछन् । गायिका केसीले विगतदेखि नै तिज गीतदेखि विभिन्न लोकदोहोरी गीतहरू पनि बजारमा पस्कँदै आइरहेकी छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech