logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

गायिका मिरा गिरीले ल्याइन् ‘तारे भिर’

गायिका मिरा गिरीले ल्याइन् ‘तारे भिर’


  • शनिबार, असार १४ २०८२
  • 8.5K
    SHARES

    काठमाडौं । गायिका मिरा गिरीले काठे भाकामा ‘तारे भिर’ बोलको नयाँ गीत र भिडियो ल्याएकी छन् । असार ७ गते  विश्व संगीत दिवसको अवसर पारेर गायिका गिरीले उक्त गीत सार्वजनिक गरेकी हुन् ।

    अशोक कुमार सापकोटाको शब्द सिर्जना रहेको गीतमा गायिका मिरा गिरी र गायक सानु केसीको युगल आवाज रहेको छ । त्यसैगरी गायक सानु केसीले नै उक्त गीतमा संगीत भरेका भने नारायण दंगालले संगीत संयोजन हुन् ।

    त्यसैगरी गीतको भिडियोमा प्रविन थापाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन तथा अमृत चापागाईँले सम्पादन गरेका छन् । उक्त गीतको भिडियो गायिका मिरा गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    भिडियोमा मोडल सुरेश कोली र रिया खड्काले अभिनय गरेका छन् ।गायिका गिरीले यसअघि पनि धेरै विभिन्न भाकामा गीतहरु बजारमा ल्याइसकेकी छन् ।

    पछिल्लो समय विश्व संगीत दिवसको अवसर पारेर बजारमा ल्याएको यस ‘तारे भिर’ गीतले विगतका गीतहरुले जस्तै सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको गायिका गिरीले बताइन् । उनी गायनसँगै व्यवसायीक रुपमा दोहोरी साँझ सञ्चालक समेत हुन् ।

    गीत सार्वजनिक गर्दै गायिका गिरीले भनिन्, ‘आज विश्व संगीत दिवसको दिन एउटा निकै आशा बोकेको गीत आमदर्शक स्रोताहरुमाझ बजारमा ल्याएकी छु, विगतका गीतहरुले जस्तै यस गीतले सफलता प्राप्त गर्नेमा विश्वस्त छु ।’


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech