logo

मंगलबार, असार १० २०८२

kantipurpationlinetv

२०८२ असार १० मंगलबार

गायिका मधु रसाइली सम्मानित

गायिका मधु रसाइली सम्मानित


  • सोमबार, असार ९ २०८२
  • 4.3K
    SHARES

    गोर्खा: नेपाली लोक संगीतको क्षेत्रमा लामो समयदेखि समर्पित गोर्खाकी सुप्रसिद्ध लोकगायिका मधु रसाइलीलाई “अन एयर मिडिया”को २०औं वार्षिकोत्सवको अवसरमा “राष्ट्रिय सम्मान २०८२” अन्तर्गत विशेष सम्मान प्रदान गरिएको छ।

    रसाइलीको मीठो स्वर, सहज प्रस्तुति र जनभावनासँग मेल खाने गीतसङ्गीतले नेपाली लोकसंगीतमा अद्वितीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो। उनका चर्चित गीतहरू रात परेसी दोहोरी साझं, चिनो घडी छ, देउराली डाँडैमा, नशा रहेछ, छुकछुके रेलैमा लगायत दर्जनौं  लोकसंगीतले जनमानसमा गहिरो प्रभाव पारेका छन्।

    कार्यक्रममा पुर्व मन्त्री परिषद् अध्यक्ष एवम् पुर्व प्रधानन्यायधीश खिल राज रेग्मिको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरिक्षक दिपक थापा लगायत वरिष्ठ कलाकारसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा रसाइलीलाई सम्मानपत्र प्रदान गरिएको थियो।

    “रसाइलीले नेपाली माटोको गन्ध, पीडा र प्रेमलाई संगीतमार्फत उजागर गर्दै लोकसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने कार्यमा ठूलो योगदान पुर्‍याएकी छन्।” भन्दै  उक्त सम्मानपत्रमा लेखिएको छ ।

    कार्यक्रममा आगामी दिनहरूमा पनि गायिका रसाईलीको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गरिएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech