
काठमाडौँ । हास्य कलाकार बेगम नेपाली ‘भटभटे माइला’ले नयाँ सिरियल ‘गाह्रो छ जिन्दगी’ को प्रसारण सुरु गरेका छन्। कमेडी क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाएका उनी अब गम्भीर सामाजिक सन्देशसहितको धारावाहिक लिएर दर्शकमाझ आएका छन्।
नयाँ सिरियल ‘गाह्रो छ जिन्दगी’ को पहिलो एपिसोड गत बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो। सिरियलको निर्माण भटभटे फिल्म्सले गरेको हो भने लेखन स्वयं बेगम नेपालीले गरेका छन्। निर्देशन प्रवेश पोखरेलको रहेको छ।
उनले यसअघि ‘गाह्रो छ हो’ जस्ता कमेडी शृङ्खलामा काम गरेका बेगमले यो पटक केही फरक स्वादमा– जीवनका पीडा, सामाजिक यथार्थ र संघर्ष झल्काउने सिरियल ल्याएका हुन्।
सिरियलमा उनी आफैँ मुख्य भूमिकामा देखिएका छन् भने उनका साथमा कुलबहादुर अधिकारी, रिस्ता बस्नेत, रिता शिवाकोटी, मलाइका बस्नेत, शित्तल गिरी, हर्षिका वली, सोहन थापा लगायत कलाकारहरूको अभिनय छ।
सामाजिक विषयवस्तुलाई आत्मसात गर्दै तयार गरिएको सिरियलले नेपाली समाजका दुःख, गरिबी, बेरोजगारी, र पारिवारिक समस्याजस्ता चिरपरिचित कथाहरूलाई मर्मस्पर्शी शैलीमा प्रस्तुत गरेको छ।
पहिलो एपिसोडमै दर्शकहरूबाट राम्रो प्रतिक्रिया र उत्साहजनक भ्युज पाएको यो सिरियलले आगामी दिनमा अझ ठूलो चर्चा पाउने अनुमान गर्न सकिन्छ।
बेगम नेपाली प्युठान जिल्लामा जन्मिएका हुन्। कुनै औपचारिक अभिनय प्रशिक्षण नलिएको भए पनि उनी आफ्ना जीवनका अनुभव र समाजको गहिरो अवलोकनबाट अभिनयमा आएका एक अर्ग्यानिक कलाकार हुन्।
उनले ग्रामिण भेगमा देखिने दुःख, संघर्ष र हास्यलाई यथार्थपरक ढंगले पर्दामा उतार्न जानेका कलाकारको रूपमा पहिचान बनाइसकेका छन्।
‘गाह्रो छ जिन्दगी’ सिरियलले मनोरञ्जन मात्र नभएर समाजमा सकारात्मक सन्देश पनि दिन सक्ने सम्भावना बोकेको छ। सिरियलको आगामी एपिसोडलाई लिएर दर्शकहरूमा कौतूहल र प्रतीक्षा बढिरहेको छ।
भिडियो:
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)