logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

रामकृष्ण ढकालले बनाउने फिल्ममा विजय बराल र वर्षा राउत अनुबन्धित

रामकृष्ण ढकालले बनाउने फिल्ममा विजय बराल र वर्षा राउत अनुबन्धित


  • शनिबार, असार १४ २०८२
  • 4.6K
    SHARES

    गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’ मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्। निर्माण पक्ष र कलाकारहरूबीच शुक्रबार कागजी सम्झौता भएको हो। फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण हुन लागेको फिल्ममा कलाकारको भूमिकाबारे विस्तृत जानकारी दिइएको छैन।

    रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन्।

    यो फिल्मका लागि विजय बराल र वर्षा राउतले करिब ३ महिना अन्य फिल्म काम नगर्ने भएका छन्। उनीहरूले आफ्नो चरित्र निर्माणको लागि यो समय सदुपयोग गर्ने निर्माण पक्षले जनाएको छ। भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित फिल्मको छायांकन सुरू हुने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। फिल्मको छायांकन निर्देशकमा महेश पौडेल छन्।

    फिल्मको निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन्। उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको फिल्म ‘आशीर्वाद’ मा उनले अभिनय गरेका थिए। ‘मालती मंगले’ मार्फत उनी यस पटक निर्माताको भूमिकामा आएका हुन्।

    विजय बस्यालले यो फिल्मको पोस्टर डिजाइन गर्नेछन् भने रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीले संगीत दिनेछन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech