
काठमाडौं, असार १६ – खैँजडी, मजुरा, कर्ताल लगायतका परम्परागत वाद्ययन्त्र प्रयोग हुने भजन संस्कृतिको संरक्षणका लागि क्रियाशील राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल अन्तर्गत काठमाडौं महानगरपालिका समितिको प्रथम नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो। अधिवेशन काठमाडौं जिल्ला समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो भने, प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत तथा भजन गायक शेरबहादुर बिसीको उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्रीय सचिव टिकाराम लुइँटेल, बाग्मती प्रदेश इञ्चार्ज नवीन पौडेल, केन्द्रीय सदस्यहरू सरिफा आचार्य, कृष्ण प्रसाद आचार्य, शेषनारायण पोखरेल, लक्ष्मी अधिकारी, बाग्मती प्रदेश अध्यक्ष गोविन्द नेपाल, तथा विभिन्न जिल्ला प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
भजन संस्कृति प्रेमीहरूको हजारौं उपस्थितिमा सम्पन्न अधिवेशनले ममता श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय काठमाडौं महानगर समिति गठन गरेको छ। कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष जनार्दन अधिकारीले गर्नुभयो भने उपाध्यक्ष चन्द्रकला घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि बिसीले आफ्नो मन्तव्यमा भजन संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अध्यात्म र धार्मिक पर्यटनको विकासले राष्ट्र समृद्ध बन्न सक्ने धारणा राख्दै, प्रतिष्ठानप्रति सदैव समर्पित रहने प्रतिबद्धता जनाउनुभयो।
सो अवसरमा शेषनारायण पोखरेल, विजयकान्त घिमिरे, पुनम बस्याल, नानिबाबु बुढाथोकी, ध्रुव सिंखडा, कमल पोखरेल ‘ढुन्डी’ र सावित्री तिमल्सिनालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। धान दिवसको अवसरमा उपस्थित सम्पूर्णलाई दही चिउरा खुवाइएको थियो।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी