logo

सोमबार, असार २३ २०८२

kantipurpationlinetv

२०८२ असार २३ सोमबार

सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए

सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए


  • बुधबार, असार १८ २०८२
  • 24.1K
    SHARES

    सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको आवाजमा सजिएको नयाँ गीत ‘जिन्दगीको रेल’ सार्वजनिक भएको छ। कोमल शब्द, भावपूर्ण संगीत र सशक्त प्रस्तुतिसहित आएको यो गीतले प्रेम, समर्पण र जीवनसाथीप्रतिको गहिरो भावनालाई मार्मिक रूपमा चित्रण गरेको छ।

    गीतमा अञ्जु पन्तलाई हालका चर्चित गायक सुमन बिटिले स्वरमा साथ दिएका छन्। गीतकार दिनेशराज पुरीको लेखन र अर्जुन पोखरेलको संगीत संयोजनमा तयार भएको ‘जिन्दगीको रेल’ भावनात्मक गहिराइ तथा सिर्जनात्मक प्रस्तुति दुवैमा सशक्त छ।

    भिडियो पक्षमा, अभिनेता पुष्प खड्का र मोडल रोजिना श्रेष्ठको अभिनयले गीतको प्रेमिल कथा झनै जीवन्त बनाएको छ। सरकारी सेवा क्षेत्रमा कार्यरत रोजिना श्रेष्ठले अभिनय गरेको यो उनको पहिलो म्युजिक भिडियो हो। उनले आफ्नो जन्मदिनको अवसर पारेर दर्शक तथा श्रोतालाई प्रेमको उपहारस्वरूप भिडियो सार्वजनिक गरेकी हुन्

    उनले भनिन्, “जन्मदिनको यो विशेष दिनमा मेरो पहिलो म्युजिक भिडियो दर्शक र श्रोताका माझ ल्याउन पाएकोमा खुशी छु। यो मेरो लागि नयाँ यात्रा हो, जसमा दर्शकको माया र साथको अपेक्षा राखेकी छु।”

    गीतका मार्मिक पंक्तिहरू:

    “अरु मन्दिर धाउँथे म त तिमी तिर धाँए,
    जिन्दगीमा जसलाई चाहे, त्यही मान्छे पाएँ।
    जता जान्छसँगै अब जिन्दगीको रेल,
    पराण छुट्ला अब छुट्दैन पिरती बाचुञ्जेल।”

    यी शब्दहरूले दुई प्रेमीप्रेमीकाबीचको अटुट साथ, गहिरो समर्पण र जीवनको यात्रालाई सँगै तय गर्ने प्रणलाई उजागर गर्छन्।

    सजिलो लय र सुन्दर दृश्यवटनले गीतलाई अझ प्रभावशाली बनाएको छ। प्रेमको अनुभूति मात्र नभई, सँगै बाँचेको जीवनको कथा भन्ने गीत ‘जिन्दगीको रेल’ले नेपाली संगीतमा अर्को प्रेमिल अध्याय थपेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech