
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह ‘बालेन’ले हालै चर्चामा आएको गायक पशुपति शर्माको नयाँ गीतको प्रशंसा गरेका छन्।
नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले ‘झोले’ शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकालेका छन्। जुन लोकप्रिय बनेको छ। यसै परिवेशमा रहेर मेयर बालेनले उक्त गीतको प्रशंसा गर्दै एक पोष्ट गरेका हुन्।
उनले शर्माको गीत जस्तै अन्य र्यापरहरूले पनि यस्तै गीतहरू ल्याए हुने भन्दै शुद्ध हिपहप भनेका छन्। उनले ‘झोले त तै, झोले त मै’ बोलको गीतको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘म चाहन्छु र्यापरहरूले यस्ता गीत बनाउन्, शुद्ध हिपहप!’
पछिल्लो समय बालेनका हरेक नयाँ पोस्टहरू चासोका विषय बन्ने गरेका छन्। देशका अधिकांश पालिकाहरूले बजेट पारित गरिसक्दा पनि आन्तरिक किचलोका कारण मुलुककै सबैभन्दा ठुलो महानगरपालिकाले समयमै बजेट पास गर्न सकेन। खासमा उनको पोस्ट अहिले बजेट किन आउन सकेन भन्नेमा आउला भन्ने धेरैलाई लागेको हुन सक्छ। तर त्यस विषयमा बालेनले केही बोलेका छैनन्।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न