
तेस्रो राष्ट्रिय संगीत अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरीएको छ । कार्यक्रम संयोजक कृष्ण आचार्य रोशनी लगायतको टिमले बैशाख १२ गते शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।
लामो समय नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा सकृय रहि उत्कृष्ट योगदान पुर्याएका वरिष्ठ गीतकार राजेन्द्र थापा लाई नगद रु २५ हजार सहित लाइफटाइम अचिभ्मेन्ट संमान दिने निर्णय टिमले सार्वजनिक गरेको छ ।
कास्की खबर प्रा.लि.ले आयोजना गरेको तेस्रो राष्ट्रियसंगीत अवार्डको अवसर पारेर विशेषत कला पत्रकारिता मा सक्रिय ३ जना पत्रकारलाई रजत संमान ,दशक संमान र संमान तीन तहमा बिभाजन गरि पत्रकारिता संमान गरिने भएको छ ।
पत्रकार सम्मानबारे टिमको निर्णय पछि केही दिनमा नाम सार्वजनिक गरिने र लामो समयसम्म नेपाल कला संगीतमा कलम चलाउदै आएका पत्रकार लाई नगद राशी सहित सम्मान गर्न लागेको कार्यक्रम संयोजक रोशनीले बताएकी छ्न् ।
कास्की खबर प्रा.लि.ले तेस्रो राष्ट्रिय संगीत अवार्डको आयोजना गरेको हो । बैशाख २५ गते सम्म अवार्डको मनोनयनमा परेकाहरुलाई भोटिङ गर्न पाइने बताए । कार्यक्रम संयोजक कृष्ण आचार्य रोशनीका अनुसार २ सय ३ वटा आवेदनहरुवाट २० विधामा १ सय जना छनोटमा परेका छन् । त्यसैगरी भोटिङको सम्पूर्ण जिम्मा इसेवा ले लिइसकेको र उत्कृष्ट ५ मा परेका सम्पूर्ण नोमिनिजले इसेवा एप बाट सजिलोसँग भोट गर्न सक्ने छन् ।
राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत लगायतका विधाहरु समावेश गरिएको छ ।
विजेता बन्ने उत्कृष्ट कलाकारहरुलाई बैशाख २९ गते कमलादी स्थित प्रज्ञाप्रतिष्ठानको हलमा भव्य कार्यक्रमका साथ अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट ५ मा पर्न सफल नोमिनिजको नाम लिष्ट यसप्रकार छ ।
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
- धिरजनाथ योगी -युवाहरुको देश
- बाबुराम श्रेष्ठ- हिडने बाटो कठिन
- मनोजसिंह धामी -दोहोरी गाउछु
- श्रीकान्त राना क्षेत्री -केहि गर्नु छ देशको लागि
- हेमराज लामिछाने- हिमाल पहाड तराई
सर्वोत्कृष्ट शब्द लोकदोहोरी
- ओम छिनाल-दमौलिमा झर
- कृष्ण सुवेदी -पिरपरेर आको बेलामा
- नेत्र अर्याल -मायालाई पानको पात
- यामप्रसाद निउरे -अरु त के भनु मायालु
- शिव हमाल -त्यो कथा
सर्वोत्कृष्ट लयसृजना लोकदोहोरी
- ऋषि खड्का -निरिमाया
- प्रेम सापकोटा सोनु -कठोर मान्छे
- बिमल न्यौपाने- मैसँग जान्छेउ होलानी
- भरत क्षेत्री-घर त बेसी गाउ
- रवि कार्की -चरी बनैमा
सर्वोत्कृष्ट संगीतसंयोजक लोकदोहोरी
- कृष्ण बाजुराली -मुटु रेटियो
- कृष्ण लामिछाने- ए सैंया
- रमेश सेन्चुरी -किन होर तरक्क
- विशाल निरौला -निरिमयाको
- सागर विरही- मार्देउ बरु
सर्वोत्कृष्ट लोकदोहोरी गायक
- अर्जुन कुँवर -शोकाकुल
- कुशल विश्वकर्मा -घाँसको डोको
- बालचन्द्र बराल -न काली न गोरी
- विष्णु खत्री -पिर चिन्ताले
- सरोज विरही कार्की- हाँसेर बोलनी
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
- गीता भट्टराई -नवलपुरे कान्छी
- तुलसा क्षेत्री -घर मेरो कास्की
- मधु रसाईली -छुकछुके रेलैमा
- शान्तिश्री परियार -निरिमायाको
- सुनिता बुढाक्षेत्री- एकलाई सुन्य दश
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
- पल शाह-मायालाई पानको पात
- बद्री तिवारी- तिम्रै माया छ
- लोमश शर्मा -काफल गुलियो
- विजय पुन -मौकामा हिरा फोर्ने
- विमल अधिकारी-निरिमाया
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
- अनु पराजुली -दाजुबहिनी
- रुबिना अधिकारी -पाप छैन
- सायाँ भण्डारी- निरिमाया
- सिम्रन दुलाल -फुल फुल्यो
- स्मारिका ढकाल -चरी बाँसैमा
.सर्वोत्कृष्ट नवगायक लोकदोहोरी
- अनिल श्रेष्ठ -रुन्छे न्याउली चरी
- नवराज काप्री -कुखुरीले फुल पा¥यो
- प्रदिप सुनार -कसैलाई भन्दिन
- राजन सुवेदी- रानी वनमा फूल
- सुरज भुसाल- तराइ सम्मै छ
सर्वोत्कृष्ट नवगायिका लोकदोहोरी
- दिक्षा रसाईली- फुलफुल्यो सेतै
- निरा थापा -मलाई यो वैशले
- ममता नेपाली- डिम्पल सुहाउने
- रेखा पौडेल- माया साह्रै छ
- रोजिना बस्नेत -माया गर्ने जोडी
सर्वोत्कृष्ट भिडियो निर्देशक लोक आधुनिक
- उमेश कार्की -कान्छु
- निकेश खड्का-निर्लज
- मनोहर भण्डारी- पोखरामा घाम लाग्यो घमाइलो
- मिलन श्रेष्ठ -नुवाकोटे यो झिल्के
- संजीव ठकुरी -हेलो बेबी
आधुनिक गीत
सर्वोत्कृष्ट शब्द आधुनिक
- कस्तुप पन्त-चोटैचोटको
- राखी गौचन- निर्लज
- लोकराज अधिकारी – जिन्दगानी केछर
- शान्तिप्रिय -ओई माया ओई
- सुरेश सिवाकोटी- मान्छे चिन्न जानिन
सर्वोत्कृष्ट संगीत आधुनिक
- ज्योति प्रकाश-नजाने भो हाम्रो दुःख
- नरहरि प्रेमी-पिरिम गाडी
- पवन रानाभाट- हेर्दाहेर्दै आकाशमा
- शंकर थापा -स्माइल निर्लज
- सरोज कोइराला- माया अँधेरीको
सर्वोत्कृष्ट गायक आधुनिक
- थानेश्वर गौतम-नरोएको रात
- प्रमोद खरेल- भाग्य लेख्ने भगवान
- शिव परियार -निर्लज
- सिडी विजय अधिकारी -अन्याय भो
- हिमाल सागर- राधाकृष्ण
सर्वोत्कृष्ट गायिका आधुनिक
- अनामिका चौलागाई-ओई माया ओई
- एलिना चौहान -म हाँस्न सक्दिन
- प्रबिसा अधिकारी -हारिसकें
- रीता के.सी -न तिमिले आट्यौ
- विन्दू परियार- जिउँला साथैमा
सर्वोत्कृष्ट मोडल आधुनिक पुरुष
- प्रेमराज लामिछाने -मैले जति माया
- बिक्रम बुढाथोकी -भाग्य लेख्ने भगवान
- श्रीदेव भट्टराई -ओई माया ओई
- सुधिर श्रेष्ठ -चोटैचोटको जिन्दगी
- सुनिल भोछिभोया -माया अँधेरीको
सर्वोत्कृष्ट मोडल आधुनिक महिला
- एलीना रायमाझी-भाग्य लेख्ने भगवान
- बिना गुरुङ्ग- माया अँधेरीको
- रोशनी कार्की -चोटैचोटको जिन्दगी
- श्रद्घा क्षेत्री -निर्लज
- सिल्पा पोखरेल -बहुलायो
सर्वोत्कृष्ट भिडियो सम्पादक
- पल्पेश विश्वकर्मा -माया नमार
- राजकुमार मगर लाहुरे- टाँसेको
- रोशन धिताल- फस्ट लभ
- विकास धमला -निर्लज
- सुजन कोईराला -आधा मुटु
सर्वोत्कृष्ट भिडियो छायांकन
- उत्तम हुमागाई- निर्लज
- मुकेश हुमागाई- तिमी मेरो खास
- राजेश घिमिरे -यो चाहिं पक्का हो
- विशाल गोङ्बा लामा- वैश चढ्यो
- सन्तोष तिमिल्सिना -नुवाकोटे यो झिल्के
.सर्वोत्कृष्ट कोरियोग्राफर
- अमर सुनार-वैश चढ्यो
- अमुन राना- नुवाकोटे यो झिल्के
- प्रकाश सोनु- दिलैको घर
- राजाराम सिंखडा -घुमौ रामेछाप
- शिशिर बुढाथोकी- निरकमल