logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

राष्ट्रिय संगीत अवार्ड : गीतकार थापालाई दिर्घ साधना, गिरी र पोखरेललाई पत्रकारिता सम्मान

राष्ट्रिय संगीत अवार्ड : गीतकार थापालाई दिर्घ साधना, गिरी र पोखरेललाई पत्रकारिता सम्मान


  • आइतबार, बैशाख २१ २०८२
  • 8.9K
    SHARES

    राष्ट्रिय संगीत अवार्ड यहीँ बैशाख २९ गते कमलादी स्थित प्रज्ञा प्रतिष्ठान मा सप्पन्न हुने भएको छ । अवार्डमा लोक,आधुनिक र अन्य बिधा गरि जम्मा २० बिधामा  आएका आबेदन मध्य बाट उत्कृष्ट टप ५ सार्वजनिक भैसकेको छ ।

    अन्य अवार्ड भन्दा फरक तरिकाले सप्पन्न गर्न लागीएको उक्त अवार्डमा लामो समयदेखि (५० बर्ष बढि) नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा सकृय रहि उत्कृष्ट योगदान पुर्याएका वरिष्ठ गीतकार राजेन्द्र थापा लाई नगद रु २५ हजार सहित लाइफटाइम  अचिभ्मेन्ट सम्मान  गर्न लागीएको कार्यक्रम संयोजक कृष्ण आचार्य रोशनीले जानकारी गराइन ।

    कास्की खबर प्रा.लि.ले आयोजना गरेको तेस्रो राष्ट्रियसंगीत अवार्डको अवसर पारेरविशेषत कला पत्रकारितामा २५बर्ष भन्दा लामो समय आफ्नो कलमको माध्यम बाट योगदान पुर्याएका वरिष्ठ पत्रकार विदुर गिरीलाई नगद रु १५५५५ पन्ध्र हजार पाच सय पचपन्न रुपैया सहित संमान गरिने र दशकको पत्रकारिता संमान नगद रु १११११ एघार हजार एक सय  एघार सहित म्युजिक खवर पाक्षिक / म्युजिक खबर डट कम कि सम्पादक पत्रकार सबिता पोखरेललाई दिइने पनि संयोजक रोशनीले जानकारी गराइन ।

    बैशाख २५ गते सम्म अवार्डको मनोनयनमा परेकाहरुले भोटिङ गर्न पाउने छ्न् । रोशनीका अनुसार अन्य अवार्डको तुलनामा कार्यक्रमलाई थप स्तरिए र उत्कृष्ट बनाउनका लागि बितेको बर्ष भरी सबैभन्दा धेरै दर्शक श्रोताले सुनेको गीत तथा गायक वा गायिलाई गोल्डेन माइक अफ द इएर, उत्कृष्ट शब्दलाई गोल्डेन पेन अफ द इएर, उत्कृष्ट संगीत लाई गोल्डेन हृदम अफ द इएर संमान दिने तयारी रहेको छ ।

    त्यसैगरी परदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता देखाउने गायक ,गायिका सर्जक मध्य एक जनालाई डायस्पोरा संमान द्वारा संमान गरिने पनि तयारी रहेको रोशनीले बताइन । गोल्डेन इएर र डायस्पोरा लगायतका संमान बारे आयोजको निर्णय आइनसकेको र छिटै जानकारी गराउने छौं ।

     

    को को परे मनोनयनमा?
    https://kantipurpationlinetv.com/arts/336/

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech