
काठमाडौं: कलाकार तथा निर्देशक दुर्गा बिरहीको ‘बैशाख पछि जेठमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दुर्गा बिरही र माया मगरको संयुक्त स्वर रहेको गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ। बिरही र रोशन ओलीको शब्द, दुर्गा बिरहीको लय संकलन रहेको गीतको भिडियो निर्देशन समेत स्वंयम् बिरहीले गरेका छन् । बिशाल परियारको सिनेमाटोग्राफी रहेको भिडियोमा दिपक केसी र नमिता राइको अभिनय छ । गीतले गाउँले परिवेश, परदेशी भावना र मौलिक कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
आत्मविश्वास फिल्मस् प्रालिले निर्माण गरेको गीतको भिडियो दुर्गा बिरही अफिसियल युट्युव च्यानलमा सार्वजनिक छ । गीत संगीतमा निरन्तर सक्रिय र समर्पित गायक तथा निर्देशक बिरहीले मायाप्रेमलाई यसपटक मौसमसँग जोडेर तयार गरेको बताए । ‘यो गीतमा प्रेमलाई मौसमसँग जोडेर हाम्रै समाजको विषय उठान गरेको छु,’ बिरहीले भने, ‘यस गीत र भिडियो धेरैलाई मन पर्ने विश्वास छ ।’
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी