
सांगीतिक जोडी देवी घर्ती र राजु ढकालले ‘झलीको झलल’ बोलको गीत सार्वजनिक गरेका छन्। गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
मंगलबार बेलुका सार्वजनिक गीतको भिडिओमा देवी र राजु स्वयं देखिएका छन्। मायाप्रेममा आधारित रहेर तयार पारिएको यो गीतका शब्द नविन रानाले लेखेका हुन्। संगीत तथा संगीत संयोजन एचबिएन किस्मतको छ।
सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ग्रामीण परिवेशमा रहेर तयार भिडिओ जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा बनेको हो। नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा राजकुमार मगरको सम्पादन छ। देवी घर्तीको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतले स्रोता/दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी