logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वरमा धेरैपछि नयाँ गीत सार्वजनिक

खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वरमा धेरैपछि नयाँ गीत सार्वजनिक


  • सोमबार, बैशाख २२ २०८२
  • 10.4K
    SHARES

    सम्बन्ध राम्रो नरहेको चर्चाबीच लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। सोमबार यी दुईको स्वरमा ‘परदेशी हुनै मन छैन’ बोलको गीत सार्वजनिक भएको हो। यो गीत प्रहरी निरीक्षक समेत रहेका गीतकार भूपेन्द्र बुढाथोकीले लेखेका हुन्। यसमा संगीत ऋषि खड्काको छ भने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्।

    शान्तिश्री र खेमले थुप्रै सुपरहिट गीतमा सहकार्य गरेका छन्। यद्यपि, केही महिनायता यी दुईको सहकार्यमा कुनै गीत आएका थिएनन्। स्रोतका अनुसार ‘अरेली काँडैले’ गीत चलेयता यी दुईले अन्य गीतमा सहकार्य गरेका थिएनन्। बुझिएअनुसार ‘परदेशी हुनै मन छैन’ गीत पनि केही महिना पहिले नै रेकर्ड गराइएको हो।

    यसको भिडिओमा ललना चिमरिया र द्रोण थापा मगर फिचर्ड छन्। मौसम हिमालीको कथा तथा निर्देशनमा तयार भिडिओमा बुद्ध थापाको छायांकन, मनोज कार्कीको सम्पादन छ। गीतकार भूपेन्द्रकै युट्युबमा यो गीत सार्वजनिक छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech