logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

जन्मदिनको अवसर पारेर हरिराम परियारले सार्वजनिक गरे ‘यतिबेला दरौदी खोला’

जन्मदिनको अवसर पारेर हरिराम परियारले सार्वजनिक गरे ‘यतिबेला दरौदी खोला’


  • बुधबार, बैशाख ३ २०८२
  • 20.2K
    SHARES

    दोहोरी गायक हरिराम परियारले नयां बर्षको आगमनसंगै नयां पन्चेबाजा गित ‘यतिबेला दरौदी खोला’ सार्वजनिक गरेका छन्।

    परियारले बालाजु स्थित सगुन क्याफेमा एक समारोहका बिच उक्त गित बिमोचन गरेका हुन् । कार्यक्रममा बिभिन्न समाजिक एवम् राजनितिक व्यक्तिहरुको उपस्थित रहको थियो ।

    गायक परियार र रेजिना परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतका गितकार एवम् गायक रविन लामिछानेको शब्द सृर्जना एवम्  गायक परियार स्वयं आफैले लय रचना  गरेका हुन् । गितमा  प्रेमिकल जोडिहरूको मायाप्रेमको कथाबस्तु संगै गोरखाको ईतिहास जोडिएको दरौदी खोलालाई समाबेश गरिएको छ ।

    गायक परियारले आफ्नै जन्मदिनको अवसर पारेर उक्त गित आफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

    पछिल्लो  समयका अत्यन्तै लोकप्रिय मौलिक निर्देशक दिप गुरुङको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार सुमन परियार, सन्जिता बोलखे लगायत कलाकारहरूको अभिनय रहेको छ ।

    सांस्कृतिक, पारम्परिक एवम् ऐतिहासिक चिनारीलाई समेट्दै तयार पारिएको यो गीतले नेपाली मौलिकतालाई झल्काउँछ। यति बेला दरौदीखोला गीतले विशेषगरी नेपाली समुदायमा रोधी बसेको मौलिकता संगै मायाप्रेमको परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको देखिन्छ।

    गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। मौलिक गीत संगीतमा रुचि राख्ने स्रोता तथा दर्शकका लागि यो गीत एक उत्कृष्ट सिर्जना बन्ने अपेक्षा गरिएको छ। हरिराम परियारकै अफिसियल युट्युब च्यानलमा सार्वजनिक भिडिओ हेर्नुहोस् :


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech