
काठमाण्डौं । राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२ आयोजना हुने भएको छ। साँस्कृतिक समाज नेपालको आयोजनामा आगामी जेठ २६,२७ र २८ गते अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२ को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
शुक्रबार काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रम राखेर प्रतियोगिता बारे जानकारी गराइयो । प्रतियोगीतामा दोहोरी साँझमा आबद्ध रहेका कलाकारहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगीताका सल्लाहकार लोकप्रिय देउडा गायक नन्दकृष्ण जोशीले यस्ता किसिमका प्रतियोगिताले लोकदोहोरी क्षेत्रलाई फराकिलो बनाउने बताए । नेपालको सौन्दर्यताको बारेमा कसैले सटिक रुपमा परिचय दिन्छ भने त्यो लोक दोहोरीले नै दिन्छ। सल्लाहकार जोशीले भने, अहिले दोहोरीमा छाडा शब्दको प्रयोग भएको पनि कहिँ कतै देख्छु । पहिलेपहिलेका कलाकारहरुले हिट हुनलाई त्यस्तै गर्दैनथे तर अहिलेका कतिपयले संस्कृति बचाउन खोजेको देखिदैन ।
राष्ट्रिय लोक दोहोरीगीत आइडलका संयोजक चन्द्र शर्माले देशैभरी छरिएका दोहोरी साँझहरुबाट कलाकारहरुले सहभागीता जनाउन सक्ने जानकारी दिए । उनले भौगोलिक हिसाबमा जहाँसुकैबाट भाग लिन सकिने तर दोहोरी साँझको प्रतिनिधित्व गरेको हुनुपर्ने नियम सुनाए । प्रतियोगीतामा भाग लिनका लागी प्रवेश शुल्क १ हजार रुपैंया लाग्नेछ भने उत्कृष्ट हुने बिजेता टिमले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टिमले एउटा स्कुटर सहित २२ हजार २ सय २२ रुपैंया नगद पुरस्कार पाउनेछन् । बिबिटिएम फाउन्डेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगीताको फाइनल भने नगरकोटको बताडे डाँडामा सम्पन्न हुने बताइएको छ ।
यस्तै यस दोहोरी आइडल यसै बर्ष आयोजना हुन गइरहेको दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको ब्यवस्थापक अमृत खातीले जानकारी गराए । कार्यक्रमका सभापति सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले साँस्कृति समाज नेपालले यसअघि पनि दोहोरी क्षेत्र बिशेष धेरै कार्यक्रम गरेको र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी दिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउले, वरिष्ठ पत्रकार डब्बु क्षेत्री, सुमन बैरागी पण्डित लगायतको उपस्थित थियो । राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२को मिडिया पार्टनरको रुपमा राष्ट्रिय लोक सन्चारकर्मी नेपाल रहेको छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी