
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा अघिल्लो वर्ष प्रभावशाली उपस्थिति जनाएका गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’ नयाँ वर्षको सुरुवातसँगै आफ्नो सृजनात्मक यात्रालाई निरन्तरता दिएका छन्।
गत वर्ष तीज गीतसहित विभिन्न सिर्जनामार्फत चर्चा कमाएका सापकोटाले हालै मात्र ‘कुरौटे’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेका छन्। सधैंझैं यस पटक पनि उनले आफ्नै शब्द तथा लयमा आधारित गीत लिएर आएका छन्, जसमा अडियो तथा भिडियो पक्षमा राम्रो लगानी र मिहिनेत गरिएको देखिन्छ।
सामाजिक सन्देश बोकेको यो गीतले समाजमा एक व्यक्तिको जीवनमा हुने अनावश्यक निगरानी र टिप्पणीलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ। गीतमा प्रेम सापकोटा सोनु र सीमा नेपालीको सुमधुर आवाज सुन्न सकिन्छ भने भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन्। निर्देशनमा उनले निकै मिहिनेत गरेका देखिन्छ।
गीतमा देवेन्द्र बब्लु र यशु भट्टराईको जिवन्त अभिनय रहेको छ। ‘कुरौटे’ गीत प्रेम सापकोटा सोनुको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी