
काठमाडौं: पछिल्लो समयकी चर्चित दोहोरी गायिका आशा बिसीले नयाँ गीत ‘कल्ले लान्छ र मलाई’ सार्वजनिक गरेकी छन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतमा आशा बीसीको मिठो स्वर सुन्न सकिन्छ भने राजु परियारले यस गीतको शब्द र संगीत भरेका छन्। गीतको एरेन्ज भने सुनिल परियारले गरेका हुन् ।
सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । बिशाल घिमिरेको निर्देशन एवम् मुकेश नेपालीको कोरियोग्राफीमा तयार भएको यस गीतको भिडियोमा लोकप्रिय कलाकारहरु जुना बिश्वकर्मा र बद्री प्रसाद तिवारीले अभिनय गरेका छन् । अजय रेग्मीले छायांकन गरेको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई आशा बिसिकै अफिसियल युटुब चयानलमा अपलोड गरिएको छ ।
हेर्नुस भिडियो :
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी