
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा एक साता अघी बजारमा आएको चर्चित गायिका पुर्णकला बिसीको नयाँ गीत “अब रुन्न धर्केर” ले चर्चा कमाउन सफल भएको छ।
यस गीतमा चर्चित गायिका पुर्णकला बिसी र नव गायक बिनोद महतराको स्वर रहेको छ भने चर्चित लोक दोहोरी गायक एबं सर्जक राजु आर.डी.को शब्द, संगीत रहेको छ। यस गीतलाई बिश्वास नेपालले एरेञ्ज गरेका हुन्। गीतको भिडियोमा मिराज अर्यालको निर्देशन, छायांकन, सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा पुर्णकला बिसी र बिनोद महतराले स्क्रिन शेयर गरेका छन्। यो गीत बिनोद महतराको पहिलो गीत हो। बिनोद महतराले यस गीतबाट लाखौ दर्शहरुको मन जित्न सफल हुनुका साथै सहानुभुती बटुल्न पनि सफल भएका छन्। अब रुन्न धर्केर नामक गीतलाई पुर्णकला बिसीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।