logo

शुक्रबार, जेष्ठ १० २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १० शुक्रबार

सुर्य खड्काको ‘बाटो भिरको’ २४ घण्टा नपुग्दै युटुव ट्रेनिङ्गमा: दर्शक रुवायो

सुर्य खड्काको ‘बाटो भिरको’ २४ घण्टा नपुग्दै युटुव ट्रेनिङ्गमा: दर्शक रुवायो


  • मंगलबार, जेष्ठ ७ २०८२
  • 6.4K
    SHARES

    काठमाडौं: चर्चित दोहोरी गायक सुर्य खड्काको नयाँ गित ‘बाटो भिरको’  सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुव ट्रेनिङ्गमा प्रवेश गरेको छ । गित सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सुर्य खड्का युटुवबाट सार्वजनिक गित यतिबेला युटुव ट्रेनिङ्गको अडियो क्याटागोरी अन्तगर्त १९ औ स्थानमा छ ।

    जीवनका दुःख र पीडालाई गीतले सरल तर मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरेको छ। शब्दका खानी मानिने शिव अखेलीले गीत लेखेका हुन् भने, उनका धेरै गीतमा स्वर दिइसकेका गायक सुर्य खड्का र निशा केसीले यसमा स्वर दिएका छन्।

    अडियोसँगै सार्वजनिक गरिएको भिडियो पनि उत्कृष्ट बनेको छ। दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई गायक सुर्य खड्का र स्मारिका ढकालले जीवन्त अभिनयमार्फत अझ प्रभावशाली बनाएका छन्। गितमा कलाकारहरुको जीवन्त अभिनयले दर्शकहरुलाई धरधरी रुवाएको  छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech