
प्रत्यक्ष दोहोरी गायनबाट खारिएर आएका गायक रविन लामिछाने अब्बल सिर्जनाका धनी हुन् । उनको शब्द रचना, संगीत सिर्जना सँगै सुमधुर आवाज हुनुले उनीभित्र संगीतको त्रिवेणी भेटिन्छ । पछिल्लो एक दशक उनको चर्चा परिचर्चाले उचाइ चुमेको छ । प्रतियोगितात्मक दोहोरी गायनमा एकपछि अर्को प्रतिस्पर्धाबाट प्रतियोगिताको प्रथम स्थान ओगट्न सफल हुन् गायक लामिछाने । मुलुकभित्र हुने विभिन्न जिल्ला, राष्ट्रियस्तरका प्रतियोगितामा धेरैपटक प्रथम, द्वितीय हुँदै आएका छन् । गायनभित्र संघर्षका शब्दशिल्पीलाई स्रोतासामु पस्किँदा सरल र सभ्य रुपमा उनको प्रस्तुति रहँदै आएको भेटिन्छ । रविन लामिछाने पछिल्लो पुस्ताका एक अब्बल गायक हुन् । उनै गायक एवं गीतकार रविन लामिछानेको शब्द, संगीत र स्वर रहेको ‘यूके बेलायत’ गीत सार्वजनिक भएको छ । लामिछानेले ‘लोकनाथ अधिकारी’ युट्युब च्यानलमार्फत गीतको भिडियो बजारमा ल्याएका हुन् ।
गीत बेलायतको नोटिङ्घममा बसोबास गर्दै आएका सुनगाभा इन्टरटेन्मेन्टका डाईरेक्टर तथा कलाकार संयोजक लोकनाथ अधिकारीले निर्माण गरेका हुन् । गीतमा रविनलाई सुमधुर आवाजकी धनी गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन् ।
गीतमा बेलायती सेनाको नेपाली लाहुरे छुट्टीमा नेपाल जाँदा गाउँघरकी मायालुसँगको मायाप्रेमको बारेमा परिकल्पना गरेर गीत लेखेको लामिछानेले बताएका छन् । भिडियो पनि उत्कृष्ट बनेको निर्माण टिमले जनाएको छ । दिप गुरुङले निर्देशन गरेको भिडियोमा नायक धिरेन शाक्य र पछिल्लो समयको लोकप्रिय कलाकार स्मारिका ढकालले अभिनय गरेका छन् । गितले सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताबाट सकारात्मक प्रतिकृया पाईरहेको छ । हेर्नुस् पुरा भिडियो:
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी