logo

मंगलबार, असार १० २०८२

kantipurpationlinetv

२०८२ असार १० मंगलबार

गीतले १० करोड भ्यूज पाएपछि दुर्गेशलाई प्रधानमन्त्रीको बधाई

गीतले १० करोड भ्यूज पाएपछि दुर्गेशलाई प्रधानमन्त्रीको बधाई


  • सोमबार, असार ९ २०८२
  • 3.2K
    SHARES

    काठमाडौं । ‘दुश्मन हेरेको हेर्‍यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल पोस्टमार्फत दुर्गेशलाई बधाई दिएका हुन् । ‘नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्‍यै गीतबाट थाहा हुन्छ’ प्रधानमन्त्रीले भनेका छन् ।

    ‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई’ प्रधानमन्त्रीले लेखेका छन् ।

    दुर्गेशले पनि प्रधानमन्त्रीको उक्त स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् । वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रधानमन्त्रीको बधाईको हकदार दुर्गेश मात्र नभएर सबै संगीतकर्मी र सर्जक रहेको बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारले प्रस्तुति दिन थालेको देखिएको छ । यति मात्र होइन, सरकारले हालै दरबारमार्गमा गरेको कार्यक्रममा पनि नयाँ पुस्ताका ब्याण्ड र कलाकारले प्रस्तुति दिएका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech