
काठमाडौँ । नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले गत बैशाखमा राजीनामा बुझाएका हुन् ।
नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएका हुन् । ऐरीले राजीनामा दिएको विषय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे । ‘उहाँले राजीनामा दिनुभएको हो । राजीनामा स्विकृत समेत भइसकेको छ ।’
यस विषयमा ऐरीले भने आफू अहिले केही नबोल्ने बताएका छन् । उनले भने, ‘अहिले यसबारे नबोलौँ । कुनै समय भनाैँला नि ।’
ऐरीले आफ्नो राजीनामा पत्रमा घरायसी कारण भएको उल्लेख गरेपनि उनी विदेश पलायन हुने मनशायका साथ राजीनामा बुझाएको आँकलन गरिएको छ ।
ऐरी २०८० असोजमा प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए । नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले चीनमा भएको एसियन खेलमा मंगोलियाविरुद्ध ऐतिहासिक अर्धशतक प्रहार गरेपछि उनको बढुवा भएको थियो ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)