logo

सोमबार, असार १६ २०८२

kantipurpationlinetv

२०८२ असार १६ सोमबार

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने


  • सोमबार, असार १६ २०८२
  • 2.7K
    SHARES

    काठमाडौँ, १६ असार । प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।

    निर्वाचन आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा ८६ को उपधारा (२) अनुसार रिक्त स्थानमा ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था बमोजिम उपनिर्वाचनको मिति तोकेको हो।

    प्रतिनिधि सभा सदस्य बोहोराको मिति २०८१ मंसिर १९ गते निधन भएको थियो।

    संविधानबमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त भएको जानकारी संघीय संसद सचिवालयबाट प्राप्त भएपछि, आयोगले सो प्रक्रिया अघि बढाएको हो।

    आयोगको निर्णय अनुसार, २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार निर्वाचनको सम्पूर्ण तयारी सुरु गरिनेछ।

    निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सबै राजनीतिक दल, संघसंस्था, सरकारका निकायहरू, नागरिक समाज, सुरक्षाकर्मी र मतदातालाई सहयोग गर्न आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech