
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा कलाकर्मीहरूले पनि बलियो साथ दिएका छन् ।
आज हस्ताक्षर गर्नेहरूमा अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, सिनेपत्रकार प्रकाश सुवेदीलगायत छन् ।
यसअघि अभिनेता विपीन कार्की र अभिनेता रमेश उप्रेतीले रास्वपाको केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए । आज भने नागपोखरीस्थित एउटा रेस्टुरेन्टमा हस्ताक्षर कार्यक्रम राखिएको थियो । पार्टी स्रोतका अनुसार आज कलाकारहरूलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफैँ सक्रिय थिइन् । उनी चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत हुन् ।
हस्ताक्षरपछि बोल्दै कलाकारहरूले रवि लामिछानेको मुद्दामा अदालतबाट निष्पक्ष न्याय सम्पादन होस् भन्ने आफूहरूले चाहेको बताए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न