logo

बिहिबार, असार २६ २०८२

kantipurpationlinetv

२०८२ असार २६ बिहिबार

बारपाक सुलिकोट गाउँपालिका बन्यो ‘प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२’ को विजेता

बारपाक सुलिकोट गाउँपालिका बन्यो ‘प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२’ को विजेता


  • शुक्रबार, जेष्ठ १७ २०८२
  • 5.3K
    SHARES

    गोरखा, १५ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)को उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको छ । प्यानको २५ वटा सूचाङ्कको आधारमा बारपाक सुलिकोट गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट पालिका बनेपछि पालिका प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको हो ।

    पालिकाले शिक्षाको क्षेत्रमा देखाएको नेतृत्व, प्रतिवद्धता र नविन पहलका कारण प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ को विजेता बनेको उल्लेख छ । प्यानले हरेक वर्ष देशको सातै वटा प्रदेशहरुबाट एउटा उत्कृष्ट पालिका, एउटा उत्कृष्ट विद्यालय र एकजना उत्कृष्ट प्रध्यानध्यापक छनोट गर्छ । गण्डकी प्रदेशको हकमा यो वर्षको उत्कृष्ट पालिका पुरस्कारको विजेता बारपाक सुलिकोट गाउँपालिका बनेको प्यानको गोरखा जिल्ला संयोजक एवं गोरखा नगरपालिका वडा नं ८ स्थित सरस्वती मावि आहालेका प्रधानाध्यापक मेघनाथ लामिछानेले बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech