
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कूल रु ६४ करोड ३० लाख बराबरको बजेट प्रस्तुत गरेको छ। यो घोषणा गाउँपालिकाको १८ औँ गाउँसभा बैठकमार्फत सोमबार सम्पन्न भएको हो।
गाउँपालिकाका अनुसार प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान तथा बाँडफाँटको विवरण :
वित्तीय समानीकरण अनुदान – रु १२ करोड ९४ लाख
शर्तसहितको अनुदान – रु २९ करोड ३३ लाख
संघीय समपूरक अनुदान – रु २ करोड ३२ लाख
संघीय विशेष अनुदान – रु १ करोड ६५ लाख
राजस्व बाँडफाँट – रु ८ करोड ४९ लाख ७९ हजार ९ सय ५
यी शीर्षकहरू समेटेर संघीय सरकारबाट प्राप्त हुने कुल रकम रु ५४ करोड ७३ लाख ७९ हजार ९ सय ५ रहने अनुमान गरिएको छ।
बाँकी रकम गाउँपालिकाको आन्तरिक स्रोत र अन्य साझेदारी कार्यक्रममार्फत व्यवस्थापन गरिने बताइएको छ। गाउँपालिकाले उक्त बजेट विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी प्रवर्द्धन, लैङ्गिक समानता तथा दिगो विकास लक्ष्यहरू प्राप्तिमा केन्द्रित हुने गरी खर्च गर्ने जनाएको छ।
गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा आम नागरिकको उपस्थिति रहेको थियो।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न