
गोरखा: बारपाक सुलिकोट गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि रु ६४ करोड ७३ लाख ४९ हजार रुपैयाँको बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ।
गाउँपालिकाले प्रस्तुत बजेट संघीय, प्रदेश र स्थानीय स्रोतहरूमार्फत व्यवस्थापन गर्ने जनाएको छ।
संघीय सरकारको सशर्त अनुदानमार्फत रु २६ करोड ६८ लाख, वित्तीय समानीकरण अनुदानको रुपमा रु १३ करोड ७८ लाख, समपूरक अनुदानबाट रु २ करोड ५० लाख र विशेष अनुदानबाट रु १ करोड ६४ लाख प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत रु १ करोड ८५ लाख ६७ हजार, समपूरक अनुदानबाट रु ६० लाख, र विशेष अनुदानबाट रु ४० लाख प्राप्त हुने अपेक्षा गरिएको छ।
राजस्व बाँडफाँडमार्फत रु १० करोड ८८ लाख ८ हजार र गाउँपालिकाको आन्तरिक आयबाट रु २ करोड ५० लाख संकलन हुने अनुमान गरिएको छ।
गाउँपालिकाले आगामी वर्षलाई विकास, पूर्वाधार सुदृढीकरण, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, रोजगारी तथा स्थानीय उत्पादन प्रवर्द्धनका क्षेत्रमा प्राथमिकता दिने उल्लेख गरेको छ।
गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बजेटलाई जनमुखी, व्यावहारिक र समावेशी बनाउने प्रयास गरिएको जानकारी दिएका छन्।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न