logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

भानु नगरपालिकाको बजेट ८८ करोड ५९ लाख

भानु नगरपालिकाको बजेट ८८ करोड ५९ लाख


  • बुधबार, असार ११ २०८२
  • 6.6K
    SHARES

    तनहुँ: भानु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ४ हजार बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको १६ औं नगरसभामा उपप्रमुख उमा गोतामेले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ८८ करोड ५९ लाख ४ हजारको आय–ब्यय बजेट प्रस्तुत गरेकी हुन् । कुल विनियोजन रकम मध्ये चालुतर्फ ६४ करोड ५ लाख ४ हजार अर्थात ७२ दशमलव३ प्रतिशत (संघिय सशर्त अनुदान चालु तर्फ ४० करोड ४७ लाख शिक्षक विद्यालय कर्मचारी, स्वास्थ्य तथा आयूर्वेद तर्फका कर्मचारिको तलब, पोषाक र महंगी भत्ता खर्च समेत गरी चालु तर्फ प्राप्त भएको हुँदा चालु खर्च धेरै देखिन गएको र आन्तरीक स्रोत तर्फ रु.४४ करोड १५ लाख ४ हजार मध्ये चालु खर्च ४९ दशमलव ९० प्रतिशत र पुँजीगत खर्च ५० दशमलव ०९ प्रतिशत छ । कूल पुँजीगत तर्फ रु. २४ करोड ५४ लाख अर्थात २७ दशमलव ७० प्रतिशत रहेको छ । गत वर्षको नगद मौज्दात रु. ५ करोड ५० लाख रुपैयालाई आगामी आर्थिक वर्षको लागि प्रारम्भिक मौज्दातको रुपमा राखिएको छ ।

    भानु नगरपालिकाले शिक्षा क्षेत्रका लागि ३६ करोड ६७ लाख विनियोजन गरेको छ । त्यस्तै कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना का लागि २ करोड १५ लाख विनियोजन गरेको छ । कृषि तथा पशुपालनक्षेत्रका लागि ३ करोड ६५ लाख ५० हजार विनियोजन गरेको छ । सुशासन र संस्थागत क्षमता अभिवृद्धि तथा कार्यालय व्यवस्थापनका लागि विनियोजित बजेट १५ करोड ३३ लाख, भौतिक पूर्वाधार विकासका लागि रु. २४ करोड ५४ लाख बजेट विनियोजन गरेको छ ।

    जलवायु परिवर्तनका असरलाई न्यूनीकरण एवं अनुकुलनका उपायहरू अवलम्बनलाई प्राथमिकता दिँदै महामारीको पूर्व तयारी तथा व्यवस्थापनका लागि प्रतिकारी योजना बनाई लागू गरिने र वातावरण तथा विपद व्यवस्थापनका लागि विनियोजित बजेट ५० लाख रहेको छ । घरेलु हिंसा, जातीय–लैङ्गिक हिंसा, छुवाछुत, लागुपदार्थ दूव्र्यसनी, मानव बेचबिखन, आत्महत्या दुरुत्साहन जस्ता सामाजिक अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नका लागि ५५ लाख रुपैया विनियोजन गरिएको छ ।

    नगरवासीहरूको खुसी र समृद्धिको सपना साकार पार्ने हाम्रो साझा लक्ष्य प्राप्तिका लागि यो बजेट एउटा महत्वपूर्ण कदम भएकोे विश्वास लिएको नगरपालिकाकी उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक उमा गोतामेले बताइन् । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागिता, उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गरीसुलभ र गुणस्तरीय सेवा प्रवाहगरी सरकार जनतामाझ नै आएको अनुभूति जनतालाई दिनुपर्ने अवसर, दायित्व र चुनौती हामी माझ आएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech