
तनहुँ: बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वजेट ६४ करोड ९० लाख ५ हजार प्रस्तुत भएको छ । मंगलबार आयोजित गाँउपालिकाको १७ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले सो अनुमानित बजेट प्रस्तुत गरिन् ।
कुल बजेट मध्ये चालु तर्फ ६० दशमलब २८ प्रतिशत अर्थात ३९ करोड १२ लाख ५ हजार र पुँजिगत तर्फ ३९ दशमलव ७२ प्रतिशत अर्थात २५ करोड ७८ लाख विनियोजन भएको छ ।
बन्दीपुरले पुर्वाधार विकास तर्फ १४ करोड ९० लाख, आर्थिक विकास तर्फ ३ करोड ७७ लाख, सामाजिक विकास तर्फ ७ करोड १५ लाख ४० हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४० लाख र कार्यालय सन्चालन तथा प्रशासनीक खर्च तर्फ १० करोड ५० लाख बिनियोजन गरेको छ ।
यस अघि गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न