logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

नागार्जुन नगरपालिकाको ११ औं नगरसभा सम्पन्न, दुई अर्ब ३९ करोडको बजेट सार्वजनिक

नागार्जुन नगरपालिकाको ११ औं नगरसभा सम्पन्न, दुई अर्ब ३९ करोडको बजेट सार्वजनिक


  • बुधबार, असार ११ २०८२
  • 2.5K
    SHARES

    नागार्जुन, काठमाडौं ।  नागार्जुन नगरपालिकाको ११ औं नगरसभा अधिवेशन मिति २०८२ असार १० गते भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ।

    नगरपालिकाको कार्यबाहक नगर प्रमुख सुसिला अधिकारीले सभामा आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कुल रु. २ अर्ब ३९ करोड ७१ लाख ६८ हजार (रु. २,३९,७१,६८०००) बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो।

    कार्यबाहक नगर प्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रोजगारी प्रवर्द्धन, डिजिटलीकरण, लैङ्गिक समानता तथा समावेशिता जस्ता क्षेत्रमा प्राथमिकता दिइएको छ।

    नगर सभामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारी, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    यस नगरसभामार्फत पारित नीति तथा कार्यक्रमले नगरको समग्र विकासमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech