
टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ८० करोडको बजेट पारित गरेको छ। उपप्रमुख मुरारी तामाङका अनुसार बजेट नीतिगत कार्यक्रमहरू कार्यान्वयन गर्न लक्षित गरी विनियोजन गरिएको हो।
पारित बजेटमध्ये चालु खर्चतर्फ रु. ७७ करोड ८६ लाख ८६ हजार अर्थात् ४३.२६ प्रतिशत, पूँजीगत खर्चतर्फ रु. १ अर्ब २ करोड ३ लाख १४ हजार अर्थात् ५६.६८ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ रु. १० लाख अर्थात् ०.०६ प्रतिशत रकम छुट्याइएको छ।
बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन यथास्थितिमा आधारित छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट रु. ५८ करोड ९० लाख २९ हजार, प्रदेश सरकारबाट रु. १४ करोड ११ लाख ५३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट रु. २३ करोड, आन्तरिक तथा अन्य आयबाट रु. ३५ करोड २३ लाख १८ हजार, जनसहभागिताबाट ७५ लाख, र चालु आर्थिक वर्षबाट बाँकी रहेको रु. ४८ करोड बजेटमा समावेश गरिएको छ।
उपप्रमुख तामाङले बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण, दिगो विकास तथा नवप्रवर्तनमा जोड दिने बताए। नगरपालिकाले कार्यान्वयन प्रक्रिया पारदर्शी, समावेशी र नतिजामूलक हुने विश्वास व्यक्त गरेको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए