
गोरखा सदरमुकाम नजिकै महालक्ष्मी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शिव केसी निर्विरोध निर्वाचित भएका छन्। विद्यालयको मङ्गलबार सम्पन्न अभिभावक भेलाले केसीलाई अध्यक्षमा चयन गरेको हो। जसको सदस्यहरूमा राजकुमार थापा, शंकर बाबु कुँवर, बिमला थापा र मीना सिर्मल चयन भएका छन् ।
भेलाले गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समितिको समेत गठन गरेको छ जसको अध्यक्षमा देवेन्द्र बस्नेत चयन भएका छन्। सदस्यहरूमा भुवन सिंह बस्न्यात, अमृता राणा र पवि बिक चयन भएको विद्यालय स्रोतले बताएको छ।
भर्खरै विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका शिव केसी यसै विद्यालयका भूपू विद्यार्थी समेत हुन् उनले २०५६ सालमा यसै विद्यालयबाट एसइ परीक्षा उत्तीर्ण गरेका थिए। उनी यस विद्यालयका भूपू विद्यार्थी मात्र नभई यस विद्यालयका भूपू शिक्षक समेत हुन्। उनले २०६० सालदेखि २०७२ सालसम्म विद्यालयमा शिक्षक भएर काम गरे । केसी २०७२ सालदेखि तीन वर्षे कार्यकालका लागि विद्यालय सञ्चालक समितिका अध्यक्षमा समेत चयन भए। २०८२ जेठ १३ गते सम्पन्न भएको अभिभावक भेलाले उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ।
महालक्ष्मी मावि गोरखा जिल्लाकै एक नमुना विद्यालयको रूपमा परिचित छ। यस विद्यालय २०३२ सालमा स्थापना भएको थियो। विद्यालयले आफ्नो पचासौँ वर्ष यही वर्ष पूरा गर्दैछ २०८२ पुसमा स्वर्ण जयन्ती समारोह समेत गरिने विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष शिव केसीले बताएका छन्। गोरखाको उत्कृष्ट विद्यालय भएको महालक्ष्मी माविमा झण्डै १२०० विद्यार्थी छन्। विद्यालयले स्कुल बससमेत सञ्चालन गरेको छ। सबै बालबालिकालाई खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ भने सबै कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ।
-
राज कार्की परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा निर्वाचित
-
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
-
धावा–काठमाडौं सम्पर्क समन्वय समितिको भित्तेपात्रो सार्वजनिक
-
बाग्लुङ्गे समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा: चर्चित कलाकारहरुको प्रस्तुति रहने
-
लमजुङ कलाकार समाजद्वारा समाजसेवि राजशान्ती दम्पती सम्मानित