
काठमाडौं । गोरखाको ओल्ड क्यापिटलले पोखरामा आयोजित विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा दोहोरो उपाधि हात पारेको छ ।
हाजिरीजवाफतर्फ सो विद्यालयका प्रसिद्धिका अर्याल, विशेष मरहठ्ठा र ऋचा मरहठ्ठाको टिम पोखराका सर्वश्रेष्ठ स्कुलहरुलाई पनि पछि पार्दै प्रथम हुन सफल भएको हो । साथै, पुरस्कारस्वरुप २० हजारसहित प्रमाणपत्र प्राप्त गरेको हाजिरीजवाफ प्रतियोगिता संयोजक रामप्रसाद सुवेदीले जनाए । सुवेदीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ५० टिमले भाग लिएका थिए ।
यस्तै, भास्कर मेमोरियल, पोखराकी अदिती पौडेल र कृति पाण्डे तथा वेष्ट प्वाइन्टका सम्देश तिवारीको टिम दोस्रो भयो । अमरसिंहका उत्सव पौडेल, सपना यादव र अनीष बमजनको टोली तेस्रो भयो । दोस्रो र तेस्रोले क्रमशः १५ र १० हजार साथमा प्रमाणपत्र पाए । गण्डकी बोर्डिङका अमन पाण्डे, विष्णुप्रसाद पहारी र शिशु निकेतनका अविनाश पौडेलको टिम चौंथो हुँदै ५ हजार पुरस्कार प्राप्त गरे ।
‘प्रतिभा पलायन र यसले पारेको प्रभाव’ शीर्षकमा शनिबार नै भएको वक्तृत्वकलामा ओल्ड क्यापिटल च्याम्पियन बनेको हो । ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्यालले प्रथम हुँदै ७ हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
लमजुङको कुशुमाकर माविका सचित घिमिरे दोस्रो हुँदै ५ हजार भए । पोखराको बालोदय बोर्डिङकी एलिशा भुषाल तेस्रो हुँदै ३ हजार र स्याङ्जाको चण्डिका माविकी दीक्षा क्षत्रीले सान्त्वना पुरस्कारस्वरुप १ हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
निर्णायकमा जीवनसागर भण्डारी, कमल कोइराला र डोलराज अर्याल रहेको प्रतियोगिता संयोजक डा. बोधराज ढकालले बताए ।
विद्यालयले संचालन गरेको ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर–२०८२’ अन्तर्गत शनिबार हाजिरीजवाफ र वक्तृत्वकला गरिएको थियो । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले १ असारदेखि फेयर सुरु गरेको थियो ।
संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीलाई अध्ययनमा जोडिराख्न हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको बताए । विद्यालयले एकसातादेखि फेयरका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसअघि, विभिन्न्न खेलकुदका कार्यक्रम आयोजना गरेको थियो । यस अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएकोे प्राचार्य सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरी साढे २ लाख रुपैयाँ बराबरको पुरस्कार दिने जनाएको छ ।
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)