यस्तै, गोरखा सदरमुकामस्थित सरस्वती मावि आहालेकी प्रशंसा घिमिरेले चार जिपिए ल्याएकी हुन् । संस्थागत विद्यालयतर्फ दि वल्ड क्यापिटल मावि रानीवनका दुई परीक्षार्थीहरुले चार जिपिए ल्याएका छन् । वल्ड क्यापिटलकी प्रसिद्धिका अर्याल र सम्पन्न खत्रीले चार जिपिए ल्याएका हुन् । यसैगरी, सन्त जोसेफ स्कुलकी सर्वनी जोशीले चार जिपिए अंक प्राप्त गरेकी छिन् ।
मोर्डन सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका सार्थक बगाले पनि जिल्लाबाट चार जिपिए ल्याउने मध्यका एक हुन् । साथै, सिरानचोक गाउँपालिकाको ब्राइट फ्युचर ऐकेडेमीका सुलभ श्रेष्ठले पनि चार जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।
यो वर्ष ३.६ देखि ४ जिपिए अर्थात ‘ए प्लस’ ल्याउने विद्यार्थीहरुको संख्या १९३ रहेको कार्यालयको भनाई छ । ‘३.२ देखि ३.६ अर्थात ‘ए’ ग्रेड ल्याउने ४४५ जना छन् । २.८ देखि ३.२ अर्थात ‘बि प्लस’ ल्याउने ७६४ जना छन्’, कार्यालयको परीक्षा शाखाका विश्वप्रकाश रेग्मीले भने, ‘२.४ देखि २.८ अर्थात ‘बि’ ल्याउने विद्यार्थीहरुको संख्या ६७५ रहेको छ भने २ देखि २.४ अर्थात ‘सि प्लस’ ल्याउनेको संख्या ६६ रहेको छ ।’ यो वर्ष जिल्लाभर १० विद्यालयहरुले सतप्रतिशत नतिजा ल्याएको रेग्मीले बताएका छन् ।
रेग्मीका अनुसार गोरखा नगरपालिकाको सन्त जोसेफ स्कुल, सन्त मेरिज स्कुल गोरखार सूर्यमुखी इङलिस बोर्डिङ स्कुलले सतप्रतिशत नतिजा प्राप्त गरेको छ । पालुङ्टारको गोरखा मोर्डन बोर्डिङ, युनाइटेड बोर्डिङ स्कुल, बालकृष्ण मावि, बालज्योति बोर्डिङ स्कुल र लक्ष्मी माविले पनि १०० प्रतिशत नतिजा ल्याएको छ । सिरानचोकको नेपाने मावि र गण्डकी गाउँपालिकाको भगवती माविको पनि सबै परीक्षार्थीहरु उत्तीर्ण भएको बताइएको छ ।
यो वर्ष जिल्लाबाट नियमिततर्फ दुईहजार ६१६ र गे्रडबृद्धितर्फ ९२७ जना विद्यार्थी एसईईमा सहभागिता जनाएका थिए । खुल्ला विद्यालयतर्फ भने ७ जनाले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । उनीहरु सातै जना अनुत्तर्ण भएको कार्यालयको भनाई छ ।
जिल्लाभर १३७ विद्यालयहरु एसईईमा सहभागी भएका थिए । जसमध्य सबैभन्दा धेरै गोरखा नगरपालिकाबाट २६ र सबैभन्दा कम चुमनुब्री गाउँपालिकाबाट दुईवटा विद्यालय परीक्षामा सहभागी भएका छन् ।