
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा अन्तराष्ट्रिय भागवत वाचिका देवी प्रतिभाजीले काटीहोमले मानिसलाई शिक्षा र संस्कार दिने गरेको बताउनु भएको छ । महायज्ञ अन्तर्गत अन्तराष्ट्रिय भागवत कथा बाचक देबी प्रतिभा जीले अपरान्ह १ बजेबाट कोटिहोम स्थलको मुख्य प्रवचन कक्षमा कथा बाचन गरिरहनुभएको छ । महायज्ञ अन्तर्गत अन्तराष्ट्रिय भागवत कथा बाचक देबी प्रतिभा जीले अपरान्ह १ बजेबाट कोटिहोम स्थलको मुख्य प्रवचन कक्षमा कथा बाचन गरिरहनुभएको छ । उहाँको कथा वाचक आज चौथो दिन पनि प्रवचन सुन्न आउने भक्तजनहरुको संख्या हिजो भन्दा आज बढ्दै गएको देखिन्छ ।
हिजो महायज्ञको बारेमा टिकाटीप्पणी र नकारात्मक कुरा गर्नेहरु समेत महायज्ञ स्थल पुगेर आँखाको ताल लगाएर कथा सुन्दै गरेको देख्दा कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने गरेको देखिन्छ ।
हिजो गुप्तेश्वर गुफाको दर्शन तथा आज विहान सराङ्गकोट स्थित पञ्चेमुखे गणेश भगवानको दर्शन पछी पोखराको पर्यटकीय स्थलले आफु सधै पोखरामा नै बसौ बसौ भएको कथा वाचनको क्रममा हाल सम्म यति सुन्दर दिव्य ठाउँ नभेटीएकोले एक पटक सम्पूर्णलाई पोखराको भ्रमण गर्न अनुरोध समेत गर्नु भएको छ ।
इतिहासमा एक पटक पोखरामा एक पटक भन्ने गण्डकी कोटीहोमको मुलनाराले यतिबेला विश्वका धार्मिक पर्यटकहरुको मन पोखरामा जाउँ जाउँ भएको देवी प्रतिभा जीको फेसबुक लाइभका केहि कमेण्टहरुमा देख्न पाइन्छ ।
यति बेला पोखरा लेकसाइडमा भएका केही होटलहरुमा पाहुनाको संख्या घट्दो भए पनि पोखराको पुरनो पर्यटकीय क्षेत्र ड्यामसाईडमा रहेका होटलहरु भरिभराउ देखिन्छ । ड्यामसाईडका पर्यटन व्यवसायीहरुले हर्षित हुँदै १२ बर्षमा खोलो पनि फर्किन्छ भन्ने आहन आज प्रमाणीत भएको बताएका छन् । होटल छोड्ने अवस्थामा पुगेका होटल संचालकले आफु अव ६ महिना ढुक्क भएको बताएका छन् ।
पर्यटन क्षेत्र चलाएमान बनाउन कोटीहोम लेकसाईडमा अति आवश्यक थियो तर लेकसाईडका पर्यटन व्यसायीहरुको केही अवसर गुमेको गत सिजनको अनुपातमा यो बर्ष होटलको अकुपेन्सी नगन्य रुपमा भएको, कर्मचारीको तलव र विजुलीको विल समेत समयमा भुक्तान गर्न नसकेको अवस्था छ यस्तो अवस्थामा कोटीहोम महायज्ञले आन्तरीक पर्यटक तथा भारती पर्यटक आउने महायज्ञले अन्तराष्ट्रिय जगतमा समेत पोखराको पर्यटनलाई विश्वसामु चिनाउन मुख्य भूमिका खेल्छ यस्तो धार्मिक पर्यटन भित्राउने कार्यक्रमलाई प्रदेश तथा स्थानिय सरकारलाई सहयोग गर्न पर्यटन व्यावसायीहरुले अनुरोध समेत गरेका छन् । व्यसायीहरुले भारतको कुम्भ मेलालाई उदाहरण दीदै कुम्भ मेलाले भारतको सम्रर्ग अर्थतन्त्र जिडिपीमा १ प्रतिशत योगदान पुगेको देखिन्छ तसर्थ यस्ता कार्यक्रमहरुले नेपालको अर्थतन्त्रलाई उकास्न ठुलो सहयोग मिल्ने हुनाले सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई कोटीहोम संचालनमा सहयोग गर्न समेत अनुरोध गरेका छन्
गण्डकी कोटीहोमले पोखरा भ्रमण बर्ष २०२५ लाई समेत सफल पार्न ठुलो सहयोग गर्ने देखिन्छ ।