//
logo

शुक्रबार, जेष्ठ २४ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २४ शुक्रबार

धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न

धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न


  • बिहिबार, जेष्ठ १६ २०८२
  • 26.4K
    SHARES

    अन्तरपुस्ता महिलावादी मञ्च, अनुपम अभियानले धादिङ्ग जिल्लामा राजनीतिक खवरदारीः हस्ताक्षर अभियान सम्पन्न भएको छ । राज्यको हरेक तहमा महिलाको राजनीतिक सहभाहिता सुनिश्चित गराउन हस्ताक्षर अभियान संचालन गरको अन्तरपुस्ता महिलवादी मञ्चले जनाएको छ । देशव्यापी अनुपम अभियान संचालन गर्नुको मुख्य कारण राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरि स्वाभिमानी र आत्म निर्भर विकासमा टेवा दिनु रहेको अभियान्ता एकराज छत्कुलीले वताए । झण्डै दुई सय भन्दा वढि महिलाहरुको सहभागिता रहेको कार्यक्रममा अभियान्ता हरि देवकोटाले अन्तरपुस्ता महिलावादी मञ्चको आवश्यकता, संजालले हालसम्म गरेको कृयाकलाप, राजनीतिक खवरदारीको महत्व र प्रकृया र आगामी वर्षको कार्यदिशा लगायत राजनीतिक सशक्तिकरणमा प्रशिक्षण दिएका थिए ।


    नेपालको संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हक सुनिश्चित गरेको जानकारी गराउदै सोसंग वाझिएको अन्य धारा, ऐन, नियमहरु संशोधन गरी महिलाको अर्थपुर्व सहभागिता सुनिश्चितता गराउन दबाव दिने उदेश्यले अभियान संचालन गरेको आयोजकले जनाएको छ । संबिधान दिवसको अवसरमा संचालित कार्यक्रममा राजनीतिक प्रशिक्षण सहित हस्ताक्षर अभियानक सम्पन्न भएको हो । कार्यक्रममा महिला अभियान्ता जुना राना, अभियान्ता हिमाल महत, रास्वपाको महिला नेतृ लक्ष्मी अर्याल, सिद्धलेक गापाको पुर्व उपाध्यक्ष सरिता अर्याल, माओवादी नेतृ सगिता कडेल, ज्वालामुखी गापाको पुर्व उपाध्यक्ष जानुका अर्याल, त्रिपुरा सुन्दरी गापा पुर्व उपाध्यक्ष देवी पाण्डे आआफ्नो संघर्ष र सफतलाको कथा तथा अनुभव आदान प्रदान व्यक्त भएको थियो ।


    गैसस धादिङ्गको अध्यक्ष तोला कुमारी पाठकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सवै पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको नेतृहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई फोकस नेपाल धादिङ्गको कार्यकारी निर्देशक एक राज छत्कुलीले संचालन गरेको थिए । अभियानले धादिङ्गको सवै वडा, टोल, पालिकावाट हस्ताक्षर संकलन गरी जिल्लाको सवै राजनीतिक दललाई हस्ताक्षर बुझाउने कार्यक्रम रहेको आयोजकले वताएको छ । हस्ताक्षर अभियान ७७ वटै जिल्लामा संचालन भईरहेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech