
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानिय भक्तजन लगायत अन्य साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित संगै राजनेताहरुको उपस्थिती बड्दै गएको छ ।
यसैविच सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताएका छन् । त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको उनको भनाई रहेको थियो ।
“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी,जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो,अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो । ” अध्यक्ष दिवशमान प्रधानाङ्गाले थपे – “पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने छ । ”
सनिवार देवी प्रतिभा जी ,आचार्य शिततल कृष्ण महाराज लगायतको कथा प्रवचन गरेका थिए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी