
काठमाडौं । नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद सङ्कलन भएको छ । प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान पेटिकालगायतबाट उक्त रकम सङ्कलन भएको बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिए ।
मूल समारोह समितिले आयोजना गरेको आयव्यय सार्वजनिक समारोहमा कोषाध्यक्ष पोखरेलले दान रसिदबाट रु तीन करोड ८० लाख पाँच हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार र मातृशक्तिबाट रु १० लाख आम्दानी भएको बताउनुभयो । यस्तै उक्त प्राण प्रतिष्ठामा विभिन्न शीर्षकमा रु एक करोड चार लाख ४५ हजार ४६१ खर्च भएको जनाइएको छ ।
कार्यक्रममा नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धाम निर्माण गरिएको बताए । बद्रीनारायण प्राणप्रतिष्ठा मूल समारोह समितिका संयोजक जयराम लामिछानेले नागार्जुन नगरपालिकालाई चिनाउनका लागि धामले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उक्त धाममा बद्रीनारायण मन्दिरका साथै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर बन्ने छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी